विश्वकप क्रिकेटः आज अष्ट्रेलिया भर्सेस श्रीलंका, दक्षिण अफ्रिका भर्सेस अफगानिस्तान

विश्वकप क्रिकेटः आज अष्ट्रेलिया भर्सेस श्रीलंका, दक्षिण अफ्रिका भर्सेस अफगानिस्तान

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै छन्। पहिलो खेलमा अष्ट्रेलिया र श्रीलंका तथा दोस्रो खेलमा दक्षिण अफ्रिका–अफगानिस्तान भिड्दै छन्। अष्ट्रेलिया–श्रीलंका बीचकाे खेल दिउँसो ३ः१५ बजेदेखि लण्डनमा सुरु हुँदैछ ।

 

अष्ट्रेलिया ४ खेलमा ३ मा जीत र एक खेलमा मात्र हार बेहोर्दै ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यता श्रीलंकाले ४ खेलमा १ मा जीत र एक खेलमा पराजित भएको छ । उसले २ खेलमा अंक बाँड्दै तालिकाको पाँचौ स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै छन् । यी दुई टिबीचको खेल साँझ ६ः१५ बजेदेखि सुरु हुनेछ । दक्षिण अफ्रिका र अफगानिस्तान दुवै पहिलो जीतको खोजिमा छन् ।  

इंग्ल्याण्ड अष्ट्रेलिया भर्सेस श्रीलंका दक्षिण अफ्रिका भर्सेस अफगानिस्तान

संम्बधित खबर

विशेष