News

थानकोट–नागढुंगा सुरुङमार्गकाे शिलान्यास असारमा

थानकोट–नागढुंगा सुरुङमार्गकाे शिलान्यास असारमा

काठमाडौं । थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ । 

 

‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास गरिने छ,’ उनले भने । महाशाखले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । अहिले अह्वान अनुसार निवेदन दिएका निर्माण कम्पनीहरूले पेस गरेका प्रस्तावहरुको मूल्याङ्न कार्य भइरहेको छ । महाशाखा प्रमुख थापाले असारको पहिलो हप्तासम्म बोलपत्र मूल्याङ्कनको प्रतिवेदन आउने बताए । अहिले जापानी परामर्शदाता कम्पनीबाट बोलपत्र मूल्याङ्कन भइरहेको जानकारी समेत उनले दिए । 

 

“परामर्शदाता कम्पनीले बोलपत्र मूल्याङ्कनको प्रतिवेदन विकास सहायता कार्यान्वयन महाशाखामा पेस गर्नेछ, महाशाखाले अध्ययन गरेपछि सो प्रतिवेदन सडक विभागमा पठाइने छ, त्यहाँबाट स्वीकृत भइसकेपछि चयन भएका निर्माण कम्पनीलाई सम्झौताका लागि आह्वान गरिनेछ,” उनले थने, “यसरी असारभित्रमा निर्माण कम्पनी छनोट गरी शिलान्यास गरिने गरी तयारी भइरहेको छ ।”

 

महाशाखाका अनुसार, असारमा नै निर्माण कम्पनीसँग सम्झौता गरिए पनि सुरुङको निर्माण कार्य असोजदेखि सुरु गरिने छ । सम्झौता भएको ४२ महिनाभित्र सुरुङमार्ग निर्माण गरी निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गर्ने छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाद्धारा निकालिएको सो ग्लोबल बोलपत्रमा पाँचवटा चिनियाँ र एउटा जापानी कम्पनीले बोलपत्र भरेका थिए । 

 

निर्माण कम्पनीले २.७ किलोमिटर सुरुङ, २.५ किलोमिटर सडक, एउटा फल्लाई ओभर र एउटा सर्भिस सेन्टर निर्माण गर्ने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।
कूल २२ अर्ब रुपियाँको लागत निर्माण हुने सो सुरुङमार्गका लागि जापान सरकारले उपलब्ध गराउने १६ अर्ब रुपियाँ ऋण सहायताका लागि दिनेउक्त अण सम्झौतामा नेपाल र जापानबीच सम्झौता भइसकेको छ । याे समाचार गाेरखापत्र दैनिकबाट लिइएकाे हाे । 

शिलान्यास थानकोट–नागढुंगा सुरुङमार्ग

विशेष