नेपालको के कुरा गर्नु स्विट्जरल्यान्डमै रहेछ महिलामाथि यति ठूलो विभेद
युरोपको शान्त देशमध्येको एक स्विट्जरल्यान्डमा कम तलवको विरोधमा महिलाहरूले प्रदर्शन गर्न सुरु गरेका छन्। स्विट्जरल्यान्डमा पुरुषको औषद तलव महिलाको भन्दा २० प्रतिशत बढी छ। यो असमान्तालाई लिएर महिलाहरूले यहाँको सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गरेका हुन्।
यहाँको गरिएको प्रदर्शन भने अरू देशमा गरिने प्रदर्शनभन्दा निकै भिन्न छ। महिलाहरू सडकमा मार्च निकालेका छन्। यसबाहेक महिलाहरूले समूहमा पिकनिक पार्टी र लन्च ब्रेक गरेर पनि विरोध व्यक्त गरेका छन्।
यहाँका महिला करी २८ वर्षपछि आफ्नो हकलाई लिएर सडकमा उत्रिएका हुन्। यसअघि सन् १९९१ जुन १४ मा पहिलोपटक असमान्ताको विरोधमा ५ लाख महिला सडकमा उत्रिएका थिए।
तीन दशकपछि पनि उनीहरूको स्थितिमा कुनै प्रकारको परिवर्तन देखिएको छैन। यसैलाई लिएर महिलाहरूले शुक्रबार साँझ 'धेरै समय धेरै पैसा र धेरै सम्मान'लगायतका नारा लगाएर प्रदर्शन शुरु गरेका छन्।
स्विट्जरल्यान्ड लिंग असमानता र महिला अधिकार जस्ता मुद्दामा आफ्न छिमेकी देशभन्दा धेरै पछि छ। स्विस महिलालाई पहिलोपटक बार चुनावमा सन् १९७१ बाट भोट गर्ने मौका मिलेको थियो। जबकि अन्य युरोपियन देशमा यस्तो व्यवस्था चार दशक अघि देखि नै सुरु भएको थियो।
सन् २०८५ भन्दा पहिला बैंक खाता खोल्न पनि पुरुष अभिभावकको अनुमति आवश्यक पर्थ्यो। स्विट्जरल्यान्डमा गर्भवती महिलालाई छुट्टी दिन पनि सन् २००५ बाट सुरु गरिएको हो। यसैगरी, सबैभन्दा कम मातृत्व अवकास पनि यही देशमा दिइन्छ।
पुरुष बारबरको अधिकार प्रदान गर्ने मामिलामा १४९ देशमा स्विट्जरल्यान्ड २० औँ नम्बरमा पर्छ। जबकि छिमेकी देश फ्रान्स १२ औँ र जर्मन १४ औँ नम्बरमा पर्छन्।