मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । शनिबार देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्व र मध्य क्षेत्रमा आंशिकदेखि सामान्य तथा पश्चिमका क्षेत्रमा आंशिक बदली हुनेछ ।
पूर्व र मध्यका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ । यस्तै हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदको भनाई छ । केही दिन मौसम यस्तै रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा मौसमविद्