मनाङमा यार्सा संकलक रित्तो हात फर्किए 

मनाङमा यार्सा संकलक रित्तो हात फर्किए 

हिमाली जिल्ला मनाङमा यसवर्ष यार्सागुम्बा संकलनमा निकै कमी आएको छ । अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष निकै कम यार्सा भेटिएपछि संकलकहरु निराश भएका छन् । 

 हिमाली जिल्ला मनाङका उच्च लेकहरुमा यतिवेला बहुमूल्य जडीबुटी यार्सागुम्बा खोज्नेहरुको भिड लागेको छ । मनाङसहित विभिन्न जिल्लाबाट आएका यार्सा संकलकहरु अघिल्ला वर्षजस्तो उत्साहित  छैनन् । अघिल्ला वर्षको तुलनामा यार्सागुम्बा संकलन नभएपछि उनीहरु निराश भएका हुन् । यार्सागुम्बा संकलनका लागि मनाङ पुगेका अधिकांश संकलकहरूले अपेक्षा गरेभन्दा धेरै कम यार्सा भेट्टिएको बताएका छन् । 

यतिवेला मनाङका २० भन्दा बढी लेकमा बहुमूल्य जडिवुटी यार्सा संकलन भइरहेको छ । लेकमा यार्सागुम्बा खोज्न मनाङ सहित धादिङ, गोरखा, लमजुङ लगायतका जिल्लाबाट संकलकहरु मनाङ पुगेका छन् । यार्सा संकलनका लागि पुर्जी काटेबापत तिरेको रकम समेत नउठ्ने भएपछि कतिपय यार्सा संकलकहरु खाली हात फर्कन बाध्य भएका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय मनाङद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सा टिप्नेलाई पूर्जी दिने गर्छ । पस्र्जी बापत संकलकहरुले समितिलाई २० हजार रुपैयाँ रोयल्टी तिरेका छन् । फागुनसम्मै हिमपात भइरहेकाले यसवर्ष यार्सागुम्बा बढ्न सक्ने स्थानीयको अनुमान थियो । तर अनुमान विपरित यसपटक अघिल्लो वर्षको तुलनामा कम र गुणस्तरीय यार्सा नभेटिएको यार्सा व्यवसायीहरुले बताएका छन् । 
 

हिमाली जिल्ला मनाङ

संम्बधित खबर

विशेष