गाउँगाउँ पुग्यो प्रधानमन्त्री रोजगार कार्यक्रम

गाउँगाउँ पुग्यो प्रधानमन्त्री रोजगार कार्यक्रम

सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम पाल्पाका स्थानीय तहले पनि थालेका छन् । रिव्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले वेरोजगारलाई लक्षित गरेर कार्यक्रम थालेका हुन् । गाउँमा रहेका युवा र महिलााई लक्षित गरी काममा लगाउन थालिएको छ । 

रिव्दीकोट गाउँपालिकाले १ सय ३० जनालाई रोजगारी दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मध्ये ८० प्रतिशत महिला छन् । रोजगारी पाएकाहरुले सडक, नाली सफा गर्ने, पहिरो पन्छाउने, सामुदायिक वनमा जुडिबुटी, फलफूल लगाउने, गाउँपालिका तोकेको अन्य आवश्यक काम गर्ने भएका छन् । 

गाउँपालिकाले प्रत्येक वडामा स्थानीयवासीलाई रोजगारीको अवसर दिने र काम गर्न ईच्छुक व्यक्तिलाई रोजगारीको वातावरण तयार गर्न लागेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी.ले बताउनु भयो । 

यस्ता कामदारलाई कृषि विकास बैक मार्फत दैनिक ६ सयका दरले भुक्तानी दिन व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकालाई १४ लाख प्राप्त भएको छ । रोजगारी पाएको र आम्दानीको बाटो खुलेको भन्दै स्थानीय उत्साही भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम

संम्बधित खबर

विशेष