सरकार विरुद्ध उत्रिए अधिकारवादी

सरकार विरुद्ध उत्रिए अधिकारवादी

लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानले सरकारका अलोकतान्त्रिक क्रियाकलापप्रति खबरदारी गरेको छ । 

मानवअधिकारकर्मी, नागरिक समाज लगायतले शनिबार  माईतीघर मण्डलामा भेला भई संविधान पालनका लागि सरकारलाई खबरदारी गरेका हुन् । सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभूति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता, मानवअधिकार आयोगमाथिको हस्तक्षेप बन्द तथा न्यायालयको स्वतन्त्रता कायम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
 
उनीहरुले अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप, समाजिक सञ्जाल विरोधी विधेयक, नागरिक स्वतन्त्रता विरोधी राहदानी विधेयकको विरोध गर्दै राष्ट्रिय सुरक्षा परिषद्को क्षेत्राधिकारको सम्मान गर्न सरकारलाई सचेत गराए । 

अभियानमा सहभागीले विश्वविद्यालय लगायत प्राज्ञिक संस्थाहरुको स्वतन्त्रताको सम्मान गर्न, सांस्कृतिक सम्पदामाथिको हस्तक्षेप बन्द गर्न तथा पीडीतको न्याय सुनिश्चित गरी दण्डहिनताको अन्त्य गर्नुपर्नेमा सरकारलाई खबरदारी गरे ।

सरकारले संविधान विपरित मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरु ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले विरोध गर्दे आएका छन् । सरकारका कदम संविधान विपरित भएको भन्दै संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दे अभियानले माईतिघर मण्डलामा निरन्तर खबरदारी गर्दे आएको छ ।

 

 

 

      

लोकतन्त्रका लागि नागरिक खबरदारी

संम्बधित खबर

विशेष