सुकेधारा बम विष्फोटका घाइतेको गुनासो : सोधपुछ भन्दै मानसिक यातना दिईयो
काठमाडौँ । गत जेठ १२ गते सुकेधारामा भएको बम विस्फोटमा परी घाइते भएका घाइतेका परिवारले राज्यले उपचारको लागि सहज वातावरण बनाउनुको सट्टा आतंकित बनाएको गुनासो गरेका छन् । घाइतेका परिवारले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राज्यले उपचारको लागि सहज वातावरण बनाउनुको सट्टा आतंकित बनाउने, सोधपुछ, प्रहरीकहाँ जानुपर्छ भन्दै सामान्य मानवीय संवेदना पनि नदेखाएको गुनासो गरे ।
उनीहरुले आफूहरुलाई अहिलेसम्म उक्त घटना कस्ले गराएको हो भन्ने बारे जानकारी समेत नभएको बताएका छन् । घटनाको अनुसन्धान सरकारले गरेपनि उपचाररत विरामीको उपचारको जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ । त्यस्तै उपचारमा खटिएका चिकित्सक, बिरामीका आफन्त, र बिरामीलाई मानसिक तनाव दिनुभन्दा मानवताको व्यवहार गरिदिन घाइतेका आफन्तले सरकारसँग आग्रह गरेका छन् ।