सत्तारुढ दलकै सांसदहरु गुठी विधेयकको विरोधमा
हस्तक्षेप गर्न सभामुखलाई आग्रह
काठमाडौँ । सरकारले सदनमा पेश गरेको गुठी विधेयकबारे सत्तारुढ दलकै सांसदहरु विरोधमा उत्रिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा नेकपा सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीचको दुरी फराकिलो बन्दै गएकाले वार्ताका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुखलाई आग्रह गर्नुभयो ।
उहाँले नेपालको हरेक राजनीतिक परिर्वतनमा उपत्यकाले निर्णायक रोल खेलेको भन्दै सरकार र आन्दोलकारीलाई एकै ठाउँमा बोलाएर वार्ता गर्ने वातावरण बनाउनका लागि हस्तक्षेपकारी भुमिका खेल्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।