News

दूधकोशी हाइड्रोपावरको स्काभेटरमा आगजनी, प्रेसर कुकर बम फेला

दूधकोशी हाइड्रोपावरको स्काभेटरमा आगजनी, प्रेसर कुकर बम फेला

सोलुखुम्बु : सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ। सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको स्काभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

घटना गएरातिको भए पनि बिहान ७ बजे मात्र थाहा भएको थियो । घटना भएको १५ मिटर नजिक प्रेसरकुकर बम रहेकाले त्यसलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली इटरीबाट आउँदै गरेको प्रहरीले जनाएको छ। 

आगजनी

विशेष