लोकसेवाले संविधानले दिएको जिम्मेवारी अनुरुप काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा भण्डारीले परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने बताउनुयभो । ‘‘परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु, परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।” उहाँले बताउनुभयाे ।
आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई शुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो । “आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको छ, जनविश्वास पनि त्यहीअनुरुप कामय गरिरहेको छ, भविष्यमा थप जनविश्वासका काम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले बताउनुभयो ।
सरकारले न्याय र समानतामा आधारित शोषणरहित समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक दायित्व बहन गर्नुपर्ने अवस्थामा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेवी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत आफूले लिएको उहाँको भनाइ छ । सरकारले न्याय र समानतामा आधारित शोषणरहित समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक दायित्व बहन गर्नुपर्ने अवस्थामा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेवी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत आफूले लिएको उहाँले धारणा व्यक्त गर्नुभयो ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले झण्डै सातदशकको यात्रामा विभिन्न घुम्ती, उकाली, ओराली पार गर्दै आएको र अहिले फेरि आयोगको जनविश्वासको जगलाई कमजोर पार्ने प्रयास भएको बताउनुभयो । योग्यता, निष्पक्षता र स्वच्छताको मूल मर्मलाई आत्मसात् गरेर काम गर्न शान्त, स्वच्छ र दबाबरहति वातावरण जरुरी हुने उहाँले बताउनुभयो । आयोगले ७७ वटै जिल्लामा अनलाईन दर्खास्त दिन र उम्मेदवारको जनुसुकै बैंक खातामा रहेको रकम इन्टरनल बैंक पेमेन्ट प्रणालीको प्रयोग गरी आयोगको राजस्व खातामा पुग्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
विसं २००८ असार १ गते आयोगको स्थापना भएको थियो । उक्त दिवसको सम्झनामा आयोगले हरेक साल असार १ गते स्थापना दिवस मनाउने गरेको छ । विशिष्टीकृत संवैधानिक निकाय लोक सेवा आयोगमा अध्यक्षसमेत गरी पाँच पदाधिकारी रहने व्यवस्था छ ।