News

अभिभावक गुमाएका बालबालिकालाई भत्ता

अभिभावक गुमाएका बालबालिकालाई भत्ता

बैतडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । 

माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताए । उनले भने, 'टुहुरा बालबालिले आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ ।'

उपाध्यक्ष कार्कीले जोड दिए, 'भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौँ ।'

भत्ता

विशेष