News राजनीति

प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट विनियोजन नगरिएकोमा कोइरालाको आपत्ति

प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट विनियोजन नगरिएकोमा कोइरालाको आपत्ति


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाउनु भएको छ । महामन्त्री कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी गर्नु भयो ।

 

प्राध्यापक हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक ‘श्री–जी’ को सोमबार काठमाडौंमा बिमोचन गर्दै उहाँले काँग्रेसले समृद्धिका लागि आधार तयार पारेपनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको पनि बताउनु भयो । महामन्त्री कोइरालाले काँग्रेसलाई विपी कोइरालाको मार्ग चित्र अनुसार अघि बढाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

आगामी महाधिवेशनपछि काँग्रेस विपी कोइरालाको मार्ग चित्र अनुसार अघि बढने उहाँको दावी थियो । नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने उहाको भनाई छ । 

विशेष