जुम्लाको मार्सी यस्तो छ अन्तर्कथा भिडियाेसहित
काठमाडौँ । तपाईँलाई भोक लागेको लागेकै गर्छ ? अनि थोरै खानाले सन्तुष्ट बनाउँछ कि बनाउँदैन ? यदि भोक लागेको लागेकै गर्ने हो भने त्यसलाई हटाउन काली मार्सीको चामल उपर्युक्त हुन्छ । जुम्लामा मात्रै फल्दै आएको मार्सी संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुन्छ ।
यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ । यो जातको धानको खोस्टा केही कालो हुने र चामल रातो हुन्छ ।जुम्लाको गुठीचौर र बुँग्रामाडीचौर बाहेक प्रायः सबै गाविसमा यो धानको उत्पादन किसानहरुले नै गर्दै आएका छन् ।
चिसो मौसम र पानी अत्यधिक चाहिने यो धानको बीऊ तत्कालीन समयमा चन्दननाथ बाबाले यो जातको बीउ जुम्लामा ल्याएर आफै खेती गरेका थिए । पछि बीउ स्थानीय किसानलाई वितरण गरी उत्पादन गर्न लगाएका थिए । यसरी उत्पादन भएको यो जातको धानको चामल तत्कालीन समयमा राणा र शाही परिवारले भरियामार्फत दरबार भित्र्याउने गर्थे ।
चैतमा बीउ छरिने यो जातको धान कात्तिकमा घर भित्र्याउने चलन छ । जुम्लामा धानमात्र होइन सिमी, कागिनोको चामल लगायत पनि उत्पादन हुन्छ । जुम्लाका उत्पादनबारे हामीले जुम्लाकै एक खाँटी किसानसँग जानकारी लिएका छौँ ।
हेर्नुहाेस् भिडियाे.....