News

काठमाडौंको तापक्रम ३३.५ डिग्री, अब बढ्छ कि घट्छ?

काठमाडौंको तापक्रम ३३.५ डिग्री, अब बढ्छ कि घट्छ?

काठमाडौं । एक सातायता बढेको तापक्रमले काठमाडौं उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनकमा लागि बिदासमेत दिएका छन् । काठमाडौँमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो । शुक्रबार काठमाडौँमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 

 

शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम नबढ्ने जनाएको छ । आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको भनाइ छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

गर्मी तापक्रम काठमाडौं

विशेष