News

सोलुखोलामा राखिएको प्रेसर कुकर बम डिस्पोज

सोलुखोलामा राखिएको प्रेसर कुकर बम डिस्पोज

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ भदौरेमा सोलुखोला दुधकोशी ८६ मेगावाट क्षमताको निर्माणाधीन हाइड्रोपाावरको परिसरमा राखिएको प्रेसर कुकरबम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शनिबार राति एक्स्काभेटरमा आगजनी गरेर नजिकै राखिएको प्रेसर कुकर सोमबार बिहान ९ बजेर १२ मिनेटमा निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

 

बम डिस्पोज गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बु आएको थियो । निर्माणाधीन हाईड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार नचिनेका मानिसको समूहले आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटरको बाहिरी भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा खटिएको टोलीले घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  

प्रेसर कुकर बम नेपाली सेना

विशेष