मिडिया विधेयक विरुद्ध महासंघको हस्ताक्षर अभियान

मिडिया विधेयक विरुद्ध महासंघको हस्ताक्षर अभियान

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ । 

महासंघका देशभर रहेका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थासहित महासंघ केन्द्रीय कार्यालयमा असार ३ गतेदेखि ५ गतेसम्म संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम  छ ।   

प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाजलगायत प्रति महासंघले आह्वान गरेको छ  ।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा आन्दोलन गरेको थियो । तर महासंघले उठाएका मागप्रति सरकारले कुनै सम्वोधन नगरेको भन्दै महासंघले  तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । 

मिडिया काउन्सिल विधेयक

संम्बधित खबर

विशेष