सत्तापक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार : पूर्वप्रधानमन्त्री भट्टराई

सत्तापक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमत दुरुपयोग भएको भन्दै घटनाको भत्र्सना गर्नुभयो ।

उहाँले भन्नुभयो “गैरजिम्मेवार व्यवहार ठान्दछु म सत्तापक्ष प्रतिपक्ष दुवैको । प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेल फाल्नु  जनताको अभिमतको दुरुपयोग हो । र म चाहीँ यसको तीब्र भत्र्सना गर्दछु । ”

यसैगरी राष्ट्रिय जनता पार्टीका सांसद लक्षमणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताउनुभएको छ । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले विपक्षी दलले समय मागेपछि उपलब्ध गराइनुपर्ने बताउनु भएको हो ।

प्रमुख प्रतिपक्षी दलले ढ्याप ढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उहाँले गर्नुभयो । संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उहाँले संसद सधै ‘प्रतिपक्षी दलको हो ’भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रतिपक्षीले ढ्याप ढ्याप गरेपछि किन ढ्याप ढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपथ्र्यो, नसुनेको कारणले गर्दा संसदको अवस्था यस्तो भयो । रोष्टम घेरियो । स्थगित पनि भो । प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन । कुनै बेला दमन ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए । त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ । बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छदै थियो नि । ”


 

डा. बाबुराम भट्टराई

संम्बधित खबर

विशेष