सरकारले फिर्ता लियो गुठी विधेयक
काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिएको छ। गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ गत वैशाख १७ गते राष्ट्रियसभामा दर्ता भएको थियो।
विशेष पत्रकार सम्मेलन गर्दै भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले विधेयक फिर्ता लिने सरकारले निर्णय गरेको जानकारी दिनुभयो । विधेयक खारेजीको माग गर्दै गुठियारका साथै विभिन्न संस्थाले चरणबद्ध आन्दोलन गरेका थिए ।