संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको ट्वीट

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको ट्वीट

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत दुखेसो गरेका छन् । 
उनले ट्वीटमा भनेका छन्– ‘प्रतिपक्षी नेकाँले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैंले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका विषयमा समसामयिक विषयहरुमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइनँ । यस घटनाबाट म दुखी भएको छु ।’

वेलमा आएर प्रतिपक्षी काँग्रेसका सांसदहरुले नारावाजी गर्न थालेपछि रोष्ट्रममा उभिएका प्रधानमन्त्री मौन बस्नु परेको थियो । सभामुख कृष्णबहादुर महराले पटक पटक आग्रह गर्दा पनि काँग्रेसका सांसद प्रधानमन्त्रीअघि प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएका थिए ।
संसदमा बोल्न नपाएपछि आजै प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । 


 

प्रधानमन्त्री केपी शर्मा

संम्बधित खबर

विशेष