कैँची प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा कैँची प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । दिपायल सिलगढी नगरपालिका–३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले ४० वर्षीय वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले दिए ।
सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्णले श्रीमती मिनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका हुन् । हत्या गर्ने कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
हत्या डोटी