News

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

सल्यान । अज्ञात समूहले सल्यानको छत्रेश्वरी गाउँपालिका–३ को वडा कार्यालयमा सोमबार राति आगजनी गरेको छ । आगजनीबाट वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्। वडा अध्यक्ष राजबहादुर बुढाथोकीका अनुसार अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पूर्ण सामना जलेर नष्ट भएका छन् ।  

 

घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको लुहाम प्रहरीले जनाएको छ ।
 

सल्यान अज्ञात समूह

विशेष