संसदमा प्रतिपक्षीको अवरोध, प्रधानमन्त्री रोष्ट्रममा उभिएर हेरेको हेर्यै  

संसदमा प्रतिपक्षीको अवरोध, प्रधानमन्त्री रोष्ट्रममा उभिएर हेरेको हेर्यै  


काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि स्थगित भएको छ । बैठक बुधबार बस्नेछ । बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिनुभएको थियो ।

 

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा पहिले बोल्न पाउनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गरेकाे हाे । बोल्नका लागि प्रधानमन्त्री रोष्ट्रममा पुगेपनि प्रतिपक्षीका सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेता उभिएर नाराबाजी गरेका थिए । 

 

 उनीहरुले संसदीय मर्यादा कायम गर, प्रतिपक्षीले बोल्न पाउनुपर्छ जस्ता नारा लगाएका थिए । निरन्तर अवरोध कायम रहेपछि बुधबार ११ बजे बस्नेगरी सभामुख महराले बैठक स्थगित गर्नुभएको थियो । 

">

संम्बधित खबर

विशेष