News

उपत्यकामा दिउँसै बँदेलको अवैध शिकार

उपत्यकामा दिउँसै बँदेलको अवैध शिकार

काठमाडौं । ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो । शिकारीको समूहले गत आइतवार कुन्डभन्दा माथिल्लो भेगको १२ नम्बर पिकनिक स्पट नजिकै गोली प्रहार गरी ८० केजी हाराहारीको पोथी बँदेल मारेको हो । घटना लगत्तै खवर प्राप्त भएपनि शिकारी समूहलाई नियन्त्रणमा लिन नसकिएको महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवालले बताए ।

 

‘सिभिल ड्रेसमा खटिएको प्रहरी टोलीले पौने ४ बजे गोली चलेको खवर गर्यो, लगत्तै हामी तालिम प्राप्त कुकुरसहित घटनास्थल पुग्यौं उनले भने, ‘दुई व्यक्ति जंगलतर्फ भागे, नियन्त्रणमा लिन सकिएन ।’ बयस्क बँदेलको घाटीमा दुईवटा गोली लागेको र शिकारीले पेट चिरिएको अवस्थामा नियन्त्रणमा लिइएको कुटवालले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

ललितपुर बँदेल अवैध शिकार

विशेष