मस्जिद हमलाको भिडियो शेयर गर्ने व्यापारीलाई २१ महिना जेल

मस्जिद हमलाको भिडियो शेयर गर्ने व्यापारीलाई २१ महिना जेल

एजेन्सी । न्यूजिल्यान्डको क्राइस्ट चर्चस्थित मस्जिदमा भएको हमलाको भिडियो अनलाइनमा शेयर गर्ने एक व्यापारीलाई २१ महिनाको जेल सजाय सुनाइएको छ । ४४ वर्षीय फिलिप आर्प्सले हमलाको भिडियो सुरुमा सेयर गरेको स्वीकार गरेपछि उनलाई सजाय सुनाइएको हो ।  

 

विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै उलाई दोषी ठहर गरिएको हो । क्राइस्ट चर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले आर्प्सलाई सजाय सुनाएका हुन् । अदालतमा आर्प्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए। गत मार्च १५ मा न्यूजिल्याण्डको क्राइस्ट चर्च मस्जिदमा भएको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।  

न्यूजिल्यान्ड मस्जिद हमला फिलिप आर्प्स

संम्बधित खबर

विशेष