अमेरिकाको ग्रिनकार्ड भएका दाहाललाई ओलीले बनाए अष्ट्रेलियाको राजदूत !
काठमाडौं । आवातजावतको शैली र राहदानीको स्थितिले आशंका जन्माउँछ कि अस्तिमात्रै फर्केकी श्रीमती प्रभासँग यदि अमेरिकाको ग्रिनकार्ड छ भने यो नाताले पतिलाई समेत भिसा नलाग्ने पृष्ठभूमिबीच थापा पाएर वा नपाएएर हो, फेरि उनैलाई राजदूत बनाएर किन विदेश पठाइँदैछ ।
एउटा सार्वभौम राष्ट्रले कुनै व्यक्तिको नागरिकतामा प्रश्न उठेपछि छानविन नगरी दूत बनाउला कि नबनाउला ? ट्रयाक रेकर्ड हेर्दा उनीसँग ६–६ महिनामा नेपाल छाड्नु पर्ने वाध्यता छ ।
महेशराज दाहाल मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । प्राप्त अध्यागमनको विवरणअनुसार उनी ६ महिना नगुर्जादै विदेश उडेको र सन २०१५ देखि २२ पटक बाहिरिएको प्रमाण भेटिन्छ । देखिने गरी अमेरिकामा कुनै व्यवसाय वा आफन्त छैनन्, जसका लागि ६–६ महिनामा इन्ट्री रेकर्ड राख्नु परोस् ।
बरु, प्रावधानअनुसार कोही व्यक्ति ग्रीककार्ड होल्डर छ भने ६ महिनामा एक पटक अमेरिका प्रवेश गरेकै हुनुपर्छ । अहिलेकै सरकारका संघीय मामिला, स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित केपी ओली सरकारको अघिल्लो कार्यकालमा मन्त्री रहँदा अष्ट्रेलियाको आवासीय कार्ड पिआर लिएकै नाममा सहसचिव भरत सुवेदी सेकिनुसम्म सेकिए ।
सञ्चारमन्त्रालयका सहसचिव उमाकान्त पराजुलीबाट न्युजिल्याण्डको पिआरधारी भन्दै राजीनामा लिइयो । यसरी विदेशी पिआर वा ग्रिनकार्ड लिएका कर्मचारीलाई खोजी खोजी कारबाही गरियो ।
त्यस्ता व्यक्तिलाई देशघाती भन्दै उछितो काढियो । तर, अहिले त्यही मामिलामा शंकाको घेरामा तानिएका व्यक्ति राजदूत भएर अर्को देशमा जाँदैछन् । आजको जनआस्था साप्ताहिकबाट ।