News मुख्य समाचार राजनीति

गुठी विधेयकको विरोधमा उर्लियो मानवसागर 

गुठी विधेयकको विरोधमा उर्लियो मानवसागर 

सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै काठमाडौको माइतिघरमा प्रदर्शन भएको छ । 

मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भनेर सरोकारवालाहरुले बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका छन् । १ सय बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम भएको हो ।

 उपत्यकाका तीनै जिल्ला र हेटौंडा, पोखरा, बनेपा, पनौतीलगायतका स्थानबाट हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका छन् । सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन् ।

उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले ‘फिर्ता हैन, खारेज नै हुनुपर्ने’ माग राखेका छन् । सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तिको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन्         

 

गुठी विधेयक

विशेष