योगेश भट्टराईको ठहर– बेलायत पढेका देउवालाई त्यहाँको संसद जाने फुर्सद भएन  

योगेश भट्टराईको ठहर– बेलायत पढेका देउवालाई त्यहाँको संसद जाने फुर्सद भएन  

सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गर्नुभएको छ । 
प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुदै उहाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्परा विपरित भएको उहाँको तर्क छ ।   प्रतिनिधिसमा नियमावलिको दफा १२ मा दैनिक कार्यसूचिको बारेमा उल्लेख भएको र त्यसलाई ससदमा रहेका सबैले मान्नुपर्ने कथन भट्टराईको छ ।  

उहाँले भन्नुभयो “सभामुखको आदेश मान्दैनौ, नियम मान्दैनौ, कानुन मान्दैनौ । संविधान मान्दैनौ  किनकि दुनियाले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमानेपछि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ । ”

उहाँले आगामी दिनमा यस्ता क्रियाकलापप्रति पुनर्विचार गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचना गर्ला भनेको त भोलिपल्ट विपक्षी दलका नेता आएर झन रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो । ”

उहाँले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला । ”

योगेश भट्टराई प्रतिनिधिसभा

संम्बधित खबर

विशेष