प्रहरीभित्र षड्यन्त्रको राजनीति, प्रहरी अधिकृतको निलम्बन र राजीनामा
काठमाडौं । नेपाल प्रहरीभित्रको आन्तरिक राजनीतिले संगठनलाई थिलथिलो बनाउन थालेको छ। एक वर्षको अवधिमा प्रहरी संगठनभित्र आन्तरिक राजनीति बढ्दै जाँदा केही अधिकृतहरू राजीनामा दिएर संगठनबाट बिदा भएका छन् भने केही अदालतमा मुद्दाको सामना गरिरहेका छन्। त्यसैगरी केही अधिकृतहरू असम्बन्धित स्थानमा सरुवा भएका छन्। ‘कोभर्ट’ अप्रेसन (गोप्य अनुसन्धान) का क्रममा कार्यक्षेत्र मिचेको भन्दै गत वर्ष ३३ किलो सुनकाण्डमा अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई मुद्दा लगाएर तीन महिनासम्म थुनामा राखिएको थियो।
प्रहरीमा ‘कोभर्ट’ अप्रेसन गर्दा अपनाइने विधि गत वर्ष भत्काउँदै महाशाखा प्रमुखसहितको टिमलाई हिरासतमा पुर्याइएयो। त्यसपछि कोभर्ट अनुसन्धानमा संलग्न हुने प्रहरी झस्किएका मात्र छैनन् कामको जिम्मेवारी लिन समेत छाडेका छन्। प्रहरीभित्र ‘कोभर्ट अप्रेसन’ आफैंमा जोखिमपूर्ण हुनाले कमै अधिकृतमात्र यस्तो जोखिम लिन तयार हुने गरेका छन्। जसका कारण ठूला मुद्दामा प्रहरीको असफलता कायमै रहने र फरार प्रतिवादी मात्रै पक्राउ पर्ने गरेका छन्।
३३ किलो सुन तस्करी प्रकरणलाई स्थापित गर्ने प्रहरी अधिकारीलाई नै मुद्दा लगाइएपछि केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरीहरूले चुनौतीको सामना गर्न छाडेका थिए। एसएसपी लोहनी उनका ब्याचमा ‘कोभर्ट’ अप्रेसनमा निकै जोखिम उठाउनसक्ने प्रहरी अधिकृतमध्ये एक हुन्। विस्तृत खबर आजको नागरिक दैनिकमा छापिएको छ ।