बजेटपछि मन्त्रिमण्डल हेरफेर : प्रचण्ड

बजेटपछि मन्त्रिमण्डल हेरफेर : प्रचण्ड


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरिएको बजेट पारित भएपछि मन्त्रिमण्डलमा केही हेरफेर हुने जानकारी दिनुभएको छ । बजेटपछि प्रधानमन्त्रीले मन्त्री परिवर्तन गर्ने उहाँले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो–‘ बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ । यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो । ’ प्रचण्डले बुधबार प्रधानमन्त्री ओलीसँग एक्लै दुई घण्टाबढी भेटवार्ता गर्नुभएको थियो । 

 

प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिनेबारे थप छलफलका लागि शनिबार सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो । 


पार्टी एकताका क्रममा भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई पनि नभएको भन्दै प्रचण्डले पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति पहिले नै सार्वजनिक भैसकेको उल्लेख गर्नुभयो । पहिले नै सार्वजनिक भैसकेका विषयलाई अहिले विवादमा ल्याउन खोजिएको उहाँको भनाइ छ । 


अध्यक्ष प्रचण्डले गुठीलगायतका केही विधेयकमा जनतामा असन्तुष्टि देखिएको स्वीकार गर्नुभयो । विधेयकबारे सरोकारवालाहरुसँग परामर्श नहुँदा र विधेयकबारे सबैलाई समयमैँ बुझाउन नसक्दा यस्तो समस्या आएको उहाँको भनाइ छ ।  

संम्बधित खबर

विशेष