रुकुममा लागूऔषध अफिम सहित दुई पक्राउ

रुकुममा लागूऔषध अफिम सहित दुई पक्राउ

रुकुम पश्चिममा लागूऔषध अफिम सहित २ जना पक्राउ गरेका छन । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं.४ छोटेवगरमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मुगु कार्मारुङ गाउँपालिका वडा नं.१ का ३६ बर्षीय लंक बुढा  र जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नं.४ हाडसिंजाका २९ बर्षीय चक्रबहादुर शाही रहेका छन ।

डोल्पा तर्फबाट आइरहेका उनीहरु  प्रहरी चौकी गोतामकोट रुकुम पश्चिमबाट छोटेबगरमा नियमित चेकिङ क्रममा ४ सय ग्राम अफिमसहित फेला परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 
 प्रहरी सक्रियतापछि पछिल्लो समय जिल्लामा अफिम व्यापारी पक्राउ पर्ने क्रम बढेको छ । 
 

लागूऔषध रुकुम

संम्बधित खबर

विशेष