महन्थ ठाकुरको आरोप– कानुनको लालबत्ती बालेर जनताको अधिकार कटौति गरिदैछ 

महन्थ ठाकुरको आरोप– कानुनको लालबत्ती बालेर जनताको अधिकार कटौति गरिदैछ 

राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सरकार कानुनमार्फत मधेसी जनताको अधिकार कटौतिको षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुदै उहाँले कानुनी रुपमा नै अधिकार कटौतिको खेलमा लागेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– “यो संविधानले एउटा विभाजन श्रृजना गरेको छ– राज्य र विभिन्न समुदायको बीचमा । एकअर्काप्रति सशंकित छ । यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ । जसरी यहाँ लाल बत्ती बल्नासाथ अभिव्यक्ति बन्द हुन्छ । आज कानुनद्वारा लालबत्ती बल्दैछ । हरेक कानुनमा केही न केही लालबत्ती राखिएको छ । जो जनताको अधिकार कटौति गर्ने अवस्थामा गइरहेको छ ।”

केन्द्र सरकारले मधेसमाथि नाकाबन्दी लगाएको आरोप लगाउँदै उहाँले बजेट, राज्यका निकायमा प्रतिनिधित्व लगायत सबै विषयमा मधेस उपेक्षित बन्दै गएको र नेपालको एउटा उपनिवेशको रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “यहाँ नाकावन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकाबन्दी भइरहेको कहिले कसैले बोलेको छ ? उसको बजेट किन कम ? जनसंख्याको आधारमा किन प्रतिनिधित्व छैन ? यसकारण मधेस खुला जेल बनेको छ । ”

राजपाले लामो समयदेखि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि संसदमा आवाज उठाइरहे पनि सुनुवाई नभएको भन्दै उहाँले त्यसतर्फ गम्भीर बन्न आग्रह गर्नुभयो ।

मलेशियामा रहेका मानिसमाथि पनि मधेस आन्दोलनको मुद्धा चलाइएको भन्दै उहाँले प्रतिवेदन सार्वजनिक गरी वास्तविक दोषीमाथि कारवाहीको माग गर्नुभयो ।  गरिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपाल मधेस आन्दोलन

संम्बधित खबर

विशेष