उत्तरकोरियामा ४० वर्षयतिकै ठूलो खडेरी, कसले देला अन्न ?
काठमाडौं । चीनका राष्ट्रपति सि जिनपिंग यहि हप्पता उत्तर कोरियाको दुई दिवसीया यात्रामा जाँदै छन् ।
चिनियाँ सञ्चार माध्यमहरुले जनाएअनुसार दुवै मुलुकले कोरियाली प्रायद्विपलाई राजनीतिक तनाव र परमाणु निशस्त्रीकरणका सम्बन्धमा चर्चा गर्ने छन् ।
उत्तर कोरियाका लागि चीन महत्वपूर्ण आर्थिक साझेदार हो । तर यतिबेला उत्तरकोरिया खाद्य संकटबाट गुज्रिदैछ । वर्षात नभएर फसल राम्रो हुन नसक्दा उत्तर कोरियाले खाद्य संकट व्यहोरिरहेको छ । अन्नको मौज्दात कम भएका कारण यो बेला उत्तर कोरिया अन्नको सहयोग खोजिरहेको छ ।
तर उत्तर कोरियालाई कसले अन्न पठाउला ? उत्तर कोरियाविरुद्धको अन्तर्र्राष्ट्रिय प्रतिबन्धले यसलाई कस्तो प्रभाव पार्ला ?
उत्तर कोरियाली सञ्चारमाध्यमहरुका अनुसार देशमा विगत ४० वर्षमा नभएको खडेरीका कारण उत्तर कोरियामा अहिले अन्न अभाव छ ।