विगतकै आयोजनाका लागि ९५ प्रतिशत बजेट : राइ

विगतकै आयोजनाका लागि ९५ प्रतिशत बजेट : राइ


काठमाडौँ । सहरी विकास मन्त्री महमद इस्तिहाक राइले विगतमा कार्यान्वयनको प्रक्रियामा रहेका कार्यक्रमहरुलाई प्राथमिकता दिएर ९५ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ । उहाँले नयाँ कार्यक्रमका लागि लगभग ५ प्रतिशत मात्र बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

 

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिन शुक्रबारसहित सहित असार ८, ९ र १० गतेका लागि कार्यसूची तय भएको छ । सरकारले  जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा राजश्व र व्ययको विवरण अर्थात् बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा मन्त्रालयगत रुपमा छुट्याइएको रकम र कार्यक्रममाथि गत जेठ २८ गतेदेखि सदनमा छलफल शुरु भएको  थियो ।

संम्बधित खबर

विशेष