इटहरीका मेयरले मागे माफी
सुनसरी । आफ्ना विभिन्न अभिब्यक्ति र हर्कतका कारण बारम्बार विवादमा पर्दै आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले आज एक विज्ञप्ति जारी गरी माफी मागेका छन् । आफ्नो पछिल्लो अभिब्यक्तिलाई लिएर तीव्र आलोचना भएपछि मेयर चौधरीले माफी मागेका हुन् ।
मेयर चौधरीले गत असार ४ गते इटहरी–१६ र १७ वडाका नागरिक समाजले गरको सामाजिक विकृति विरुद्धको अभियान कार्यक्रममा समाजलाई नै अपाच्य हुने खालका शब्द प्रयोग गरेपछि आलोचित बनेका थिए । इटहरीमा देखिएको यौनजन्य गतिविधिलाई नियन्त्रण गर्नु प्रमुख चुनौती रहेको र यसलाई नरोकी समुन्नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने बताएका छन् ।
यसअघि पनि मेयर चौधरीले पत्रकारमाथि प्रयोग गरेका शब्दलाई लिएर आलोचित बनेपछि माफी माग्न बाध्य भएका थिए ।