आफ्नै पार्टीका युवा नेताले गृहमन्त्री बादललाई भने : तपाई भारतको चौकीदार
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा वादललाई उनकै पार्टीका युवा नेताले भारतीय चौकिदारको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा एक पत्र लेख्दै युवा नेता केशव रावलले गृहमन्त्री थापाले विगतमा ठूला आश्वासन बाँडेपनि अहिले सत्तामा पुगेपछि सबै बिर्सेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको चुनाव बहिष्कार, विप्लवको पार्टीमाथिको प्रतिबन्ध तथा इन्काउन्टरलाई लिएर उनले कडा स्ट्याटस लेखेका छन् । अहिलेकै शैली कायम रहे देश भड्खालोमा जाने भन्दै उनले मन्त्री थापाको राजीनामा माग गरेका छन । उनको स्ट्याटस यस्तो छ :
माननीय गृहमन्त्री ज्यु लालसलाम १
म रुकुममा जन्मेहुर्के र काठमाडौं छु र देशको केन्द्र र केन्द्रीय राजनितिलाई बुझ्ने कोशिश गर्दैछु र अवसर पनि पाएको छु, जो रुकुममा म जन्मे हुर्के त्यो रुकुममा गएर तपाईले गरेको योगदान र विशेष त बर्गसंघर्षको उठानमा हजुरको योगदान र कला, तपाइप्रतिको विश्वासको कथा पुराना नेताहरुबाट सुन्दा पनि तपाई प्रति आदर्शभाव पैदा हुन्छ, नाम मात्र सुन्दापनि मेरो गाउ उठाइदिने नेता भनेर गर्वले छाति फुल्छ ।
तर त्यतिवेलाका तपाइले बोलेका भिडियो, रेकर्ड सुन्छु– एक महान क्रान्तिकारी नेतृत्व, नेता पाउछु । अनि शान्ति प्रक्रियामा पुगेदेखी प्रचण्डलाई लाल गद्दार भन्दै पार्टी फुटाएको समय हुदै ७० सालमा मतपेटिकामा घन बर्साउदै अहिले तपाइ गृहमन्त्री भए सम्मका घटनाक्रम हेर्दा तपाइ प्रति कनफ्युजन पैदा मात्र भएन शंका पैदा भयो फेरी पार्टी एकता गर्नुभयो नयाँ आशा पैदा भएकै हो ।
तर गृहमन्त्रीको हैसियतबाट गरेका केही काम– निशेधित एरिया तोक्ने, फेक इन्काउन्टर, विप्लव नेकपा संगका फेक २ भिड़न्त र दुइ नेताको मृत्यु, केही टिप्पणी र संसदको सम्वोधन, विप्लप नेकपाको प्रतिवन्ध, आस्थाकै आधारमा, पक्राउ, धरपकड, र झुठा मुद्दा, सम्म आइपुग्दा कम्युनिस्ट व्यवस्थाका आदर्श विपरीत कार्य भएको देख्दा, बन्दुकले आवाज दवाउने चेस्टा र सोच देख्दा, लाग्छ हामी को हौं ?
कुन व्यवस्था र आदर्शमा छौं ? के गर्न खोजिरहेका छौं ? प्रश्न आयो, मैले बुझे, जानेको कुरा व्यवस्था सही संचालन गर्न सक्नु भएन, आदर्श च्युत देखियो, झुठ्ठा मुद्दा र फेक इन्काउन्टर र फेक भिडन्त तत्कालिन कांग्रेसको भन्दा बढी पन्चायती शासन जस्तो देखियो ।आखिर मुल्य, मान्यता,न्यूनतम आदर्श च्युत हुँदा २४० बर्षे राजाको इतिहास ज्ञानेन्द्र ले ३ बर्षमै पोलेर खाएको याद छैन र तपाइलाई ?
भुल्नु भएको हो भने सम्झनुहोस, गृहमन्त्रीको माथ चढेको हो भने माथ हटाउनुहोस्, फेक ईन्कान्टर र फेक भिडन्तको छानविन गरी सत्यतत्थ्य बाहिर ल्याउनुहोस्, कम्युनिस्ट व्यवस्था र आदर्शमा रही सत्ता समाल्नुहोस् नकि पन्चायति शैलिमा होइन यदी अहिलेको शैली र तरिकामा बदलिन नसक्ने हो भने देश भड्कालोमा फस्दैछ, मुल्य, मान्यता, आदर्श च्युत हुँदा राज संस्थाको अवस्था बताई सके हामी त्यो अवस्थामा पुग्ने गरी टुलुटुलु हेरेर चुप लाग्न सकिदैन तपाई गृहमन्त्रीबाट राजिनामा दिनु उपयुक्त हुन्छ ।