ओलीको ट्विटरमा मोदीको नेपाली भाषामा रिप्लाई
काठमाडौँ । पाँचौ विश्व योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा योग दिवसबारे उल्लेख गरेका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा प्रत्युत्तर दिएका छन् ।
योगको शुभकामना भन्दै ओलीले लेखेका थिए – ‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। प्राच्य संस्कृतिको अनुपम उपलब्धी योग साधना मार्फत मन वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस शुभकामना,’।
सोही ट्वीटमा कोट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई धन्यवाद दिए। मोदीले लेखेको ट्वीटमा ओलीलाई धन्यवाद मात्र छैन खुसी पनि व्यक्त गरेका छन्।
उनले लेखेका छन् : ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु।’