विदेश

प्रधानमन्त्री ओली युरोप जाने

प्रधानमन्त्री ओली युरोप जाने

प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ देखि असार १ गतेसम्म तीन देशको भ्रमणमा जानुहुने भएको छ । 

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको पहिलो भ्रमण स्वीटजरल्याण्डको जेनेभा हुने जानकारी दिनुभयो ।

जेनेभामा  हुने अन्तर्राष्ट्रिय श्रम संगठनको १०० औं वार्षिकोत्सव दिवस कार्यक्रमलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि जेठ २७, २८ र २९ गते प्रधानमन्त्री ओली बेलायत जाने कार्यक्रम छ । पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले असार १४ गते मन्त्रालयले विदेश नीतिबारे सुझाव संकलन गर्न कार्यक्रम आयोजना गर्न लागेको जानकारी  दिनुभयो । 

उक्त सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भनेर तयार अध्ययन प्रतिवेदन लगायतका विषयमा छलफल हुने छ । त्यस्तै उहाँले नेपाल अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजानै भन्दै दुई मुलुकबीच कुनै असमझदारी नरहेको जिकिर गर्नुभयो । 

यस्तै परराष्ट्र मन्त्रालयले केही समय अघि सुरु गरेको ब्रेनगेन कार्यक्रममा विदेशमा बस्ने ५ सय जना नेपालीले नाम दर्ता गराएको र त्यसमा ५ हजारको नाम दर्ता हुने अनुमान रहेको जानकारी गराएको छ । 
 

केपी शर्मा ओली स्वीट्जरल्यान्ड

विशेष