६ करोड दिने सरकारको बजेट वक्तव्यविरुद्ध सर्बोच्चमा रिट
काठमाडौँ । सांसदलाई आगामी आर्थिक वर्षको बजेटमार्फत ६ करोड दिने सरकारको बजेट वक्तव्यविरुद्ध सर्बोच्च अदालतमा रिट परेको छ । सांसदलाई संविधान विपरीत बजेट दिन लागिएको भन्दै बजेटको घोषणा कार्यान्वयन नगर्न मागसहित सर्बोच्चमा रिट परेको हो ।
सांसदलाई ६ करोड दिने व्यवस्था नेपालको संविधानको धारा १,४,५६ र ५७ सँग बाझिएकाले निर्वाचन क्षेत्रको पूर्वाधार विकास कोष मार्फत सासंदहरुलाई बाँडिएको रकम गैर संवैधानिक भएको भन्दै अधिवक्ता पारसमणि भट्टराइले आइतबार रिट दायर गरेका हुन् ।
रिटमाथि जेठ २४ गते सुनुवाइ हुनेछ ।