News

किन निराशा बढ्दै छ नेपाली सेनामा?

किन निराशा बढ्दै छ नेपाली सेनामा?

काठमाडौं । नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ।

पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत गलत सम्पर्क, परिवारसँगको बिछोड, मनोरञ्जन केन्द्रको अभाव, फरकरविशिष्ट सेवाका रूपमा गौरव गर्ने क्षेत्र बनाउन नसक्नु र केही भेदभावजस्ता कमजोरी औंल्याइएको छ। निकै सुविधा दिइएको अमेरिका, बेलायत र छिमेकी भारतमा पनि यस्तो अवस्था छ।

तर, त्यहाँ ठुल्ठूला लडाइँमै होमिन पर्ने भएकाले यस्तो अवस्था आए पनि नेपालमा सेनाले जोखिमपूर्ण काम गर्नुपरेको छैन। शान्ति सेनामा गएबाहेक मुलुकभित्र भने खासै खतरा सेनालाई देखिँदैन। तर पनि सेनामा त्यस्तो अवस्था आउन थालेपछि यसको भित्री अध्ययन गरेको हो।

अध्ययनले देखाएको अवस्थाले सेनाको नेतृत्व चिन्तित छ। छिमेकी र विकसित मुलुककोे दाँजोमा चिन्ताजनक स्थिति नभए पनि अहिले बढ्दै गएकाले सरकारसमक्ष सेनाले अध्ययन बुझाएको रक्षा उच्चस्रोतले बतायो।    

०४८ यता एक सय १९ सैनिकले आत्महत्या गरेकामा पछिल्लो समय बढ्न थालेपछि सेनामा चिन्ता बढेको हो। अमेरिकामा गत वर्ष ३ सय २१ सैनिकले र बेलायतमा ७० जनाले आत्महत्या गरेको तथ्यांक छ। छिमेकी भारतमा गत वर्ष १ सय ३ ले आत्महत्या गरेको खुलेको छ। उनीहरूमध्ये अधिकांश कम्ब्याट अर्थात् युद्धमा खटिने नै छन्। एक लाख हाराहारीको सेनामा पनि यो संख्या बढ्दै जानु र बीचमा छाड्नेको संख्यासमेत केलाउँदा यो जटिल समस्या बन्ने देखिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

नेपाल आर्मी निराशा

विशेष