श्रीमती बेच्नेलाई ३८ बर्ष कैद
दैलेख । दैलेखमा आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा दैलेख जिल्ला अदालतले २१ वर्षका एक व्यक्तिलाई साँढे ३८ वर्ष कैद र तीन लाख तीस हजार जरिवानाको सजाय सुनाएको छ । दैलेखको भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई दैलेख जिल्ला अदालतले तीन लाख तीस हजार जरिवाना र साढे ३८ वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले मानव बेचबिखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशतले हुन आउने साढे ३ वर्ष समेत ३८ वर्ष ६ महिना कैदको फैसला सुनाएको दैलेख जिल्ला अदालतले जनाएको छ।