जनकपुरमा पनि मनाइयो योग दिवस
काठमाडौं । २१ जुनमा मनाउने गरिएको अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार जनकपुरमा पनि मनाइएको छ । जानकी मन्दिरअगाडि सयौं मानिसहरु जम्मा भएर योग गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजपाका नेता राजेन्द्र महतोलगायत पदाधिकारी तथा नेताहरु सभागी भए । योग दिवसको कार्यक्रमले जानकी मन्दिर क्षेत्र आकर्षक पनि देखिएको छ ।