कुटपिटबारे बोले रवि लामिछाने, लेखे यस्तो स्ट्याटस
काठमाडौँ । आफ्नै प्रोड्युसर दीपक बोहोरामाथि कुटपिटबारे नेपाल आजले समाचार ब्रेक गरेपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने आफ्नो बचाउमा लाग्दै फेसबुक स्ट्याटस लेखेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले प्रमाण माग्न भनेका छन् । तर जेठ महिनाको दोस्रो साेमबारको घटनाबारे उनले केही लेखेका छैनन् ।
लामिछानेको स्ट्याटस यस्तो छ –‘ उहाँले मेरो फोन उठाउनु भएन।उहाँको वेबसाईटमै भएको नम्बर याहा राखेको छु। सभ्य शिष्ट भाषामा उहालाई सोधिदिनु होला,म कहिले याक एण्ड यति होटेल गए ? एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सङै काम गरिरहेका कार्यक्रम प्रोडुसर मेरो प्रिय भाइ दिपक बोहरा र म बीच कुटपिट भएको उहाले कहाँ देख्नु भएछ ? उहाँसग प्रमाण मागि मलाई सहयोग गरिदिनु होला । उहाले मेरो फोन उठाउनु नै भएन अहिले याा गर्नु भो। हामी अर्को हप्ता कार्यक्रमको ४०० भागको तयारीसगै कार्यक्रम निर्माणमा ब्यस्त छौ। उहाँ लगायत धेरै मित्रहरु प्रत्यक दिन केही न केही लेखेर खेद्ने तयारीमा हुनुहुन्छ।यस्तै हो पत्रकारितारु उहाँहरु जस्ताको एउटा ठूलो समूह छ जो अब जिन्दगी भर खेदी रहने प्रण सहित लाग्नु भएको छ।कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखि सकेर घर गएर आफ्ना सन्तान र बा आमाको आँखामा आँखा जुदाउन कसरी सक्नुहुन्छर ? छि ।। यस्तो काम गरेरपनि के खानु ? ’
बोहोरा पनि बचाऊमा
यसैबीच प्रोड्युसर दीपक बोहोराले फेरि फेसबुकका स्ट्याटस लेख्दै फेरि काम गर्ने जनाएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्– ‘केही अनलाईनहरु रवि दाई र मेरो झगडा भएको भनि गलत प्रचार गर्दैछन् । हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा हुदैन् । हामी सधै संगै मिलेर काम गछौ र गर्नेछौ । सिधा कुरा जनतासंग एउटा टेलिभिजन कार्यक्रम मात्र होईन, यो एक सोच हो, यो कहिले बन्द हुँदैन् । ’