News

रवि लामिछानेलाई उनकै प्रोड्युसरले छाडे, याक एन्ड यति होटलमा रवि र प्रोड्युसरबीच झडप 

रवि लामिछानेलाई उनकै प्रोड्युसरले छाडे, याक एन्ड यति होटलमा रवि र प्रोड्युसरबीच झडप 

काठमाडौं ।  ‘न्युज २४’ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम  ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रबि लामिछानले सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहोरासँग कुटाकुट गरेको स्रोतले जनाएको छ । 

 

यो घटना जेठ महिनाको सोमबार रातिको हो । होटल याक एन्ड यतिमा एक कार्यक्रमका दौरान रबिले एकोहोराे दीपकलाई कुटेको जनाइएकाे छ । दुई बीच झडप भए पनि उनीहरुको बाहिरी हालत भने ठिकठाकै भएको बुझिएकाे छ । 

 

घटनापछि निकै निराश भएका ‘न्युज २४’का पत्रकार जागिर छाड्ने मनस्थितिमा पुगेका छन् । उनले हालै आफ्नो फेसबुकमा लेखे, ‘पत्रकारिताबाट पुग्यो जस्तो लाग्यो । अब फेमिली बिजनेस, फेमिली टाइम...।’ यसको अर्थ दीपकले रविकै कारण जागिरबाट हात धुनु पर्ने अवस्था आएको बुझिन्छ । 

 

कार्यक्रम सीधा कुराको लोकप्रियता क्रमशः खस्किदै जानु र विवादमा पनि फस्दै गएका कारण रवि आफै पनि तनावमा रहेको निकटस्थहरु बताउँछन् । कार्यक्रम सीधा कुरामा असत्य र भ्रामक विषयवस्तु पनि उनले पस्केका थिए । आँखा पट्टी लगाएर पनि एक बालकले कुनै पनि वस्तुको रङ र कागजमा लेखेको छोएकै भरमा पत्ता लगाउन सक्छन् भनेर त्यो प्रकरणलाई अद्भूत क्षमता भनेर रबिले समाजमा भ्रम छरेका थिए । यथार्थ ती बालकले नाकको दुई साइडबाट हेरेर त्यो सबै गर्थे । 

 

टुँडीखेलमा राखेर भ्रष्टहरुलाई नाकको डाँडी भाँच्ने चाहना रहेको पनि उनले बताएका थिए । जुन निकै विवादास्पद भएको थियो । अमेरिकामा हुँदा एक नेपाली अभिनेत्रीसँग लिभिङ टुगेदरमा बसेको, अमेरिकी महिलासँग अवैध सन्तान उत्पादन गरेको, भएकी पत्नीलाई डिभोर्स दिएर कान्छी बिवाह गरेको भनेर पनि उनको आलोचना भएको थियो ।

झगडाबारे हामीले  बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

दीपकको यस्तो प्रष्टीकरण
यसैबीच प्रोड्युसर दीपक बोहोराले फेरि फेसबुकका स्ट्याटस लेख्दै फेरि काम गर्ने जनाएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्– ‘केही अनलाईनहरु रवि दाई र मेरो झगडा भएको भनि गलत प्रचार गर्दैछन् । हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा हुदैन् । हामी सधै संगै मिलेर काम गछौ र गर्नेछौ । सिधा कुरा जनतासंग एउटा टेलिभिजन कार्यक्रम मात्र होईन, यो एक सोच हो, यो कहिले बन्द हुँदैन् । ’ 

 


 

विशेष