News

सैनिकमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा

सैनिकमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन : चितवन राष्ट्रिय निकुञ्जको ड्युटीमा खटिएका सैनिकमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएको छ।  

शनिवार दिउँसो नौ वर्षीया पोथी बाघलाई निकुञ्जबाटै नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाकारी दिए। नियन्त्रणमा लिएको बाघलाई काठको खोरमा राखिएको छ भने बाघको क्रियाकलाप सिसी क्यामेराले निगरानी गरिरहेको ढकालले बताए।

निकुञ्जको कार्यालय कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरीरहेका ताप्लेजुङ फुङलिङ–२ का ३४ वर्षीय राज बिकलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। गम्भीर घाइते उनलाई काठमाडौँ छाउनी अस्पतालमा उपचारका लागी रेफर गरिएको छ। विकको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

बाघ

विशेष