News

निकुञ्जको पानीमा अब शुल्क, शिवपुरीबाट वार्षिक ८ करोड रुपैयाँ आउने अनुमान

निकुञ्जको पानीमा अब शुल्क, शिवपुरीबाट वार्षिक ८ करोड रुपैयाँ आउने अनुमान

काठमाडौं : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको पानीमा अब शुल्क लाग्ने भएको छ । निकुञ्जको नियमावली २०७६ को परिच्छेद ७ मा निकुञ्जको जलस्रोत उपयोग गरेबापत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसलाई वातावरणीय सेवाबापतको भुक्तानी भनिन्छ । वातावरणीय शुल्क लिने १२ निकुञ्जमध्ये शिवपुरी पहिलो हो । मुलुकका विभिन्न सामुदायिक वनमा यो व्यवस्था लागू भइसके पनि निकुञ्ज र आरक्षमा यसअघि यस्तो व्यवस्था थिएन ।

निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय, उपभोक्ता समूह, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० लगायतले वर्षौंदेखि निकुञ्जका विभिन्न स्रोतबाट निःशुल्क पानी उपभोग गर्दै आएका थिए । निकुञ्जका सुन्दरीजल, वागद्वार, ढाप, चिसापानी, ककनी, मुहानपोखरी, गुर्जेभन्ज्याङ र नागार्जुन क्षेत्रका खहरे, नागिनी खोला, रानीवन, इचंगुलगायतमा पानीका थुप्रै स्रोत छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

पानी शुल्क

विशेष