विदेश

ट्रम्पले लेखे किमलाई पत्र, ट्रम्पको पत्रलाई उत्कृष्ट रहेकाे किमकाे भनाइ

ट्रम्पले लेखे किमलाई पत्र, ट्रम्पको पत्रलाई उत्कृष्ट रहेकाे किमकाे भनाइ

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको प्रशंसा गर्दै पत्र पठाएका छन् । उत्तर कोरियाली नेता उनले अमेरिकी राष्ट्रपतिले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको हो ।

 

उत्तर कोरियाली नेता किमले ट्रम्पको पत्रलाई उत्कृष्ट भन्दै प्रशंसा गरेका छन् । पत्रमा रहेको चाखलाग्दो ब्यहोराबारे गहन ढङ्गले सोचविचार गर्ने आशय नेता किमले ब्यक्त गरेको केसीएनएले जनाएको हो ।

 

उत्तर कोरियाली नेता उनले ट्रम्पको असाधारण साहसको पनि प्रशंसा गरेका छन् । पछिल्लो पत्राचारले अमेरिका उत्तर कोरिया सम्वन्धमा सुधार आउने अनुमान गरिएको छ ।

 

ट्रम्पले जुन महिनाको शुरुवातमा पठाएको पत्रबारे उत्तर कोरियाले भर्खरै औपचारिक प्रतिक्रिया जनाएको हो । परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले लामो समयदेखि उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ ।

 

केही समय यता दुई देशविच उच्चस्तरमा भएका भेटवार्ताले सम्वन्ध सुधार हुने वाटोतर्फ अघि बढेको संकेत गरेका छन् । गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक भने विना कुनै निष्कर्ष टुङ्गिएको थियो । 

विशेष