News

देशभर मनसुन सक्रिए, पश्चिमको केही भूभागमा ठूलो पानी पर्ने सम्भावना

देशभर मनसुन सक्रिए, पश्चिमको केही भूभागमा ठूलो पानी पर्ने सम्भावना


काठमाडौँ । बिहीबार पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन आइतबार सुदूरपश्चिम पुगेको छ । मनसुन पश्चिम पुगेकाले पश्चिमको केही भूभागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यस्तै आइतबार उच्च पहाडी भेगमा हिपमात पनि हुने महाशाखाले जनाएको छ । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन फैलिएर सेप्टेम्बर २३ तारिखमा पश्चिमबाट बाहिरिन्छ ।


मनसुन देशभरी नै फैलिएकाले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । आइतबार चुरेबाट बहने नदीमा बाढीको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।  

विशेष