अमेरीकाले थाल्यो इरानमाथि साइबर आक्रमण
काठमाडौँ । अमेरिकाले इरानको हतियार प्रणालीमा आक्रमण सुरु गरेको छ । यसअघि हवाई आक्रमण अन्तिम समयमा रोकेको अमेरिकाले इरानको हतियारसम्बन्धी इन्टरनेट प्रणालीमा आक्रमण गरेको हो ।
रकेट तथा मिसाइल लञ्चरलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई लक्षित गरी अमेरिकाले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी गुप्तचर ड्रोन इरानले खसालेपछि दुई देशबीच तनाव बढेको छ ।
सोही आक्रमणको बदलामा अमेरिकाले साइबर आक्रमण गरेको हो । इरानले परमाणु हतियार बनाइरहेकाले उमाथि थप प्रतिबन्ध लगाउने घोषणा समेत अमेरिकाले गरिसकेको छ ।