News

सबै काम छाडेर अब ओली सरकारले जनताको खुसी मापन गर्ने 

सबै काम छाडेर अब ओली सरकारले जनताको खुसी मापन गर्ने 

काठमाडौं । सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ । आगामी वर्ष २०७६/७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको हो ।

 

‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई आधार बनाएर विभागले सर्वेक्षण गर्न लागेको हो ।  छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड तय गरी जनताको खुसी मापन गर्दैै आएको छ । 


यसमा जीवन्स्तर, शिक्षा, स्वास्थ्य, वातावरण सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रवद्र्धनलगायत मापदण्ड बनाएको छ । 

कान्तिपुर दैनिकबाट 
 

विशेष